‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण फागुन २१ गतेदेखि प्रशारण हुने भएको छ। फागुनको २१ गते फिजिकल अडिसन देखाइने छ। कार्यक्रम कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रशारण हुने आयोजकले बताएका छन्।
यस्तै चैत ६ गते प्रिमियर शो गरेर कार्यक्रमलाई नियमित शुक्रबार र शनिबार प्रशारण गरिने छ।
कार्यक्रम गत वर्ष नै आउनुपर्नेमा कोरोनाले गर्दा ढिला भएको आयोजकले बताए। यस्तै सिजन ३ को घोषणा सिजन २ को फिनालेमा नै हुने बताइएको छ।
थ्री प्रडक्शनका निर्देशक विशाल भण्डारी मुख्य उत्पादक रहेका छन् भने, कार्यकारी निर्माता रिमा विश्वकर्मा र केकी अधिकारी रहेका छन्। यस्तै रीमाले कार्यक्रम सञ्चालन गर्दैछिन्।
कार्यक्रम प्रशारणपूर्व गरिएको अनुसन्धानले टेलिभिजनका दर्शकको ६० प्रतिशतले कमेडि च्याम्पियन कार्यक्रम हेरेको र सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ८० प्रतिशतले यो कार्यक्रम हेरेको देखाएको थियो। त्यसैले पनि यो कार्यक्रम सफल हुने आशा आयाेजकहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।