काठमाडौं– नेपालका रवीन्द्र मानन्धरले दोस्रो अन्तर्राष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ को ‘बी’ मा स्वर्ण जितेका छन्।
इरान कराते अनलाइन काता च्याम्पियनसिपमा मान्धरले आयोजक इरानका होसिन ताजिकलाई पछि पार्दै स्वर्ण जितेका हुन्। तेस्रो स्थानमा आयोजक इरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे।
यस्तै महिला सिनियरतर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन्। उनले मलेसियाकी साम हियाङ फोङलाई पराजित गरेकी थिइन्।
पुरुष सिनियरतर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर लेब्रनसँग पराजित हुँदै रजतमा खुम्चिए। राजकुमार श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे।
भेट्रान १ को ‘ए’ तर्फ मदन महर्जनले कास्य प्राप्त गरे। त्यस्तै महिला जुनियरतर्फ सञ्जु देशारले रजत पाइन्।
देशार आयोजक इरानकी फैजेअ ताजारीसँग पराजित भएकी थिइन्। महिला क्याडेटतर्फ खुशी अधिकारीले कास्य पाइन्।
प्रतियोगितामा विभिन्न राष्ट्रका २०० खेलाडीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।