काठमाडाैं– चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति दिन आदेश दिएको छ।
पारपाचुके गरिसकेकी ती महिलालाई झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न अदालतले आदेश दिएकाे हाे।
यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार याे फैसला सुनाइएकाे अदालतले जनाएकाे छ। याेसँगै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आउने क्रम जारी छ। केही व्यक्तिहरुले याे रकम कम भएकाे बताइरहेका छन्।
पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताएका थिए। उनीका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ।
अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति मागेका छन्।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बेतलबी कार्य गर्दछन्। यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औषत भन्दा बढी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।