काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा समस्या देखिएको छ। 
बुधबार कारोबार सुरु हुने बित्तिकै केही समय हरियो देखिएको बजार ११ बजेर १८ मिनेट जाँदा एकाएक ८० अंकको गिरावट देखिएको थियो। त्यसलगत्तै परिसूचक ८८ अंकसम्मले घटेको छ। 
नेप्सेको वेबसाइटमा समस्या देखिएपछि राखिएको जानकारी।
 
नेपाल स्टक एक्चेन्जले आफ्नो वेबसाइटमा समस्या भएको स्वीकारेपनि बजार घटेको स्वभाविक हो वा प्राविधिक समस्याका कारणले हो भन्ने खुलाएको छैन। 
नेप्सेको वेबसाइटमा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर शतप्रतिशत घटेर देखिएको छ। जबकि कुनैपनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन पाउँदैन।
११ बजेर १९ मिनेटमा नेप्सेको वेबसाइटमा समस्या देखिएपछि एकाएक ८०.६६ अंकको गिरावट।
 
८८ अंकसम्मले घटेको परिसूचक।
 
 
नेप्सेको वेबसाइटमा निफ्राको सेयर शतप्रतिशतसम्म घटेको विवरण।
 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।