काठमाडौं– अमेरिकन गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा परेका छन्। तीव्र गतिका कारण लस एन्जल्समा भएको दुर्घटनामा उनको खुट्टामा गम्भीर चोट लागेको र शल्यक्रिया गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन्।
स्थानीय समयअनुसार बिहान ७ बजे कार नियन्त्रण हुन नसकी पल्टिएको र चेपिएका उड्सलाई निकालेर अस्पताल लगिएको सिएनएनले उल्लेख गरेको छ।
गल्फको सर्वाधिक महत्त्वपूर्ण मानिने ‘मेजर च्याम्पियन’ मा १५ पटकका विजेता उड्सको दुर्घटनापछि विश्वभरबाट खेल सम्बद्ध व्यक्तिहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन्। दुर्घटनापछिको क्षति भने स्पष्ट रुपमा बाहिरिएको छैन। उड्स होसमा नै रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।