तस्वीर: एपी
काठमाडाैं– पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो श्रीलङ्का भ्रमणमा पुगेका छन्।
पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार श्रीलङ्का पुगेका हुन्। याे नै प्रधानमन्त्री बनिसकेपछिकाे उनकाे पहिलाे विदेश भ्रमण हाे।
भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी छन्।
खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।