तस्बिर: राेयटर्स
काठमाडाैं– अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई कारागार राखेको अभियोगमा उनले प्रतिबन्ध लगाउने धम्की दिएका हुन्।
‘अमेरिकाले युरोपेली राष्ट्रसँग मिलेर केही दिनमै प्रतिबन्धको खाका तयार पार्नेछ र उक्त खाका अनुसार नै चल्ने छौं,’ उनले भने।
राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई छ महिना पहिले कथितरुपमा विष खुवाइएपछि कोमामा पुर्याइएको थियो।
त्सपछि पनि सरकारले बिभिन्न अभियोगमा उनलाई पक्राउ गरेर दु:ख दिँदै आएको छ।
त्यसैले रुसविरुद्ध कठिन कदम चाल्न आवश्य भएको वाइडेनले बताए।
यता युरोपियन युरेसियन अफेयर्सका उपसचिव ड्यानियल फ्राइडले पनि शिध्र पुटिनलाई कारवाही गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।