तस्बिर: एएनआइ
काठमाडाैं– भारतमा पेट्राेलियम पदार्थ र खाना पकाउने ग्यासको बढ्दो मूल्यको विरोधमा शिव सेनाको युवा शाखा अर्थात् युवा सेनाले ठाउँ-ठाउँमा नयाँ मूल्यसूची टाँसेकाे छ।
युवा सेनाले यी मूल्यसूचीहरू बान्द्रा पश्चिमका पेट्रोल पम्पहरू र सडक छेउमा टाँसेका हुन्। युवा सेनाले मूल्यसूची माथि लेखेका छन्, ‘के यही हो राम्रो दिन?’
भारतमा पेट्राेलियम पदार्थ र खाना पकाउने ग्यासको बढ्दो मूल्यलाई ध्यानमा राख्दै विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्।
भारतमा शनिबार डिजेलको मूल्य बढेर ३७ भारुबाट ३९ पुगेको थियो भने पेट्रोलको मूल्य पनि बढेर ३८ बाट ३९ भारुसम्म पुगेको थियो।
पेट्रोलको मूल्य दिल्ली र मुम्बईमा सबै भन्दा उच्च बिन्दुमा पुगेको छ। यी शहरमा पेट्रोल प्रति लिटर ९७ भारु र डिजेल ८८.०६ भारु प्रति लिटरमा बिक्री भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।