काठमाडाैं– भारतकाे उत्तर प्रदेश (यूपी) सरकारले अयोध्या मर्मतका लागि १४० कराेड बजेट छुट्याएकाे छ।
यूपी सरकारका अर्थमन्त्री सुरेशकुमार खन्नाले सोमबार योगी सरकारको पाँचौं बजेट प्रस्तुत गर्दै अयोध्यास्थित सूर्यकुण्डको विकासलगायत आसपासका सहरकाे विकासका लागि १४० कराेड बजेट घाेषणा गरेका हुन्।
यता लखनउमा राष्ट्रिय प्रेरणा स्थल निर्माणका लागि ५० करोड छुटाइएकाे छ।
यस्तै काेराेना भ्याक्सिनका लागि ५० कराेड छुट्याइएकाे छ। भारतमा कोरोना भाइरस संक्रमितकाे संख्या तिब्र गतिमा बढ्दै गइरहेकाे छ।
आइतबारसम्म भारतमा एक करोड १० लाख बढीमा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ।
योगी सरकारले अर्को वर्षको विधानसभा चुनाव अघि किसान, युवा, महिला र मजदुरलगायत सबै वर्ग सम्बोधन गर्ने गरि बजेट पेश गरेकाे छ।
आइतबार साँझ खन्ना आफ्नो सरकारी निवासमा अतिरिक्त अतिरिक्त मुख्य सचिव वित्त एस.के. राधा चौहानसँग आर्थिक वर्ष २०२१-२२ का लागि अन्तिम बजेट प्रस्तावकाे बारेमा छलफल गरेका थिए।
कोभिड-१९ महामारीको प्रकाेप र लामो किसान आन्दोलनलाई ध्यानमा राखेर अर्थमन्त्रीले बजेट तयार गरेका छन्।
यसबाहेक धेरै चुनावी प्रतिज्ञाहरू बजेटमा समावेश भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।