तस्बिर: इपीए
काठमाडाैं– अमेरिकाको डेन्भरबाट उडे लगत्तै इन्जिनमा समस्या आएर आगलागी भएपछि अमेरिकाको युनाइटेड एयरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ।
शनिबार बोइङ्ग ७७७ विमान उडान भरेपछि दायाँतर्फको इन्जिनमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड गरिएको युनाइटेड एयरलाइन्सले जनाएको छ।
२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो। सो विमानमा रहेका सबै सकुशल रहेका छन्।
विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए। विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन्।
सो घटनापछि जापानले बोइङ्ग ७७७ जहाज प्रयोग गर्ने एयरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको छ।
संघीय उड्डयन प्रशासन (एफएए) ले प्राट एण्ड ह्वीट्नी ४००० इन्जिन रहेका बोइङ्ग ७७७ को थप परीक्षण गर्न निर्देशन दिएको छ।
एफएएले इन्जिन उत्पादक कम्पनी र बोइङ्गका प्रतिनिधिसँग यस सम्बन्धमा छलफलको तयारी पनि गरेको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।