तस्बिर: पीए मिडिया
काठमाडाैं– रसियाले पहिलोपटक कुखुराबाट मानवमा बर्डफ्लू सरेको घटना सार्वजनिक गरेको छ।
स्थानिय अधिकारीहरुका अनुसार डिसेम्बरमा देशको दक्षिण प्रान्तमा रहेको एक कुखुरा फर्ममा कार्यरत सात कामदारहरुमा बर्डफ्लूको संक्रमण फेला परेको हो।
रूसका स्वास्थ्य उपभोक्ता चौकीका प्रमुख अन्ना पोपोवाले भने,‘सबै सातजनाको अवस्था अहिले राम्रो अवस्थामा छ। यस घटनाबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइएको छ।’
बर्डफ्लू कहिलेकाहीँ मानवमा सर्ने गर्छ र यसले मृत्युको मुखसम्म पुर्याउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।