मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको निधन भएको छ। आइतवार बिहान दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान दुर्घटनामा परेको हो।
बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विमान दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको र यसबारे सेनाले थप अनुसन्धान गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।