काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज कोभिड खोप, बाँकी १० लाख खोप पनि चाँडै आइपुग्ने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, प्रति डोज ४ डलरमा खरिद
२) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पेस, प्रधानमन्त्री ओली पक्षीय सांसदद्वारा बैठक बहिष्कार, बैठक फागुन २० सम्मका लागि स्थगित
३) प्रचण्ड र नेपालबीच संगठनात्मक संरचनामा ५०/५० प्रतिशत भागबन्डा गर्ने सहमति, पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार तय
४) म्यानमारमा आन्दोलन चर्किँदै, दोस्रो ठूलो सहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाइएको गोली लागी दुई जनाको मृत्यु, सैन्य शासकहरूको अन्तर्राष्ट्रिय निन्दा बढेपछि फेसबुकले बन्द गर्यो सेनाका मुख्य पेज
५) र, करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएनआइपिए स्पोर्ट्स अवार्डको सर्वोत्कृष्ट खेलाडी, तेक्वान्दोकी आयशा शाक्य र फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।