काठमाडाैं– नोभाक जोकोभिचले लगातार तेस्रो वर्ष अस्ट्रेलियन ओपनको उपाधि हात छन्।
आइतबार भएको वर्षको पहिलो ग्रान्डस्लामको फाइनलमा ३३ वर्षीय जोकोभिचले डानियल मेदभेदेवलाई पराजित गरेका हुन्।
उनले ७–५, ६–२ र ६–२ को सेटमा मेदभेदेवलाई पराजित गरेका हुन्।
योसँगै जोकोभिचले सम्रगमा १८ औँ ग्रान्डस्लामको उपाधि हात पारेका छन्। अब उनी रोजर फेडेरर र राफेल नाडालको कीर्तिमान बराबरी गर्नबाट २ कदम पछि छन्।
फेडेरर र नाडालले समान २०/२० पटक ग्रान्डस्लामको उपाधि हात पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।