तस्बिर: राेयटर्स
काठमाडाैं– म्यानमारमा दुई व्यक्तिको हत्या भएको एक दिनपछि फेसबुकले सेनाले सञ्चालन गरेको एउटा समाचार साइटकाे पेज हटाएको छ।
टाटमाडौं ट्रु न्यूज इन्फोर्मेशन टीमले सञ्चालन गरेको पेजले हिंसा भड्काउने कार्य गरेकोले हटाउन परेको फेसबुकले जनाइएको छ।
उक्त प्लेटफर्म म्यानमारमा सूचना र समाचारको मुख्य स्रोत हो।
एक विज्ञप्तिमा फेसबुकले भनेको छ, ‘हाम्रो विश्वव्यापी नीतिहरू अनुरूप हिंसा बढाउने र उक्साउनेलाई रोक्न पेजलाई हटायौं।’
म्यानमारका ५४ करोड मानिसमध्ये २२ करोड मानिस फेसबुक प्रयोग गर्छन्।
विगत दशकमा म्यानमारको अर्थतन्त्र उदारीकरण भएको कारण फेसबुक चलाउनेको ओइरो लागेको हो।
यसअघि नै रोहिंग्या मुसलमानहरूविरूद्ध मानवअधिकार उल्लघंनको आरोपमा सेनाका नेता मीन आंग ह्लाइङ्ग र अन्य शीर्ष सेना प्रमुखहरुलाई फेसबुकले प्रतिबन्ध लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।