नयाँ दिल्ली- भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले फेब्रुअरीमा प्रहरीले निर्ममणूर्ण तरिकाले लाठीचार्ज गरेर घाइते बनाएका समुद्री महिलाहरूसँग भेट गरेकी छन्।
आइतबार उत्तर प्रदेश भ्रमणमाा निस्किएकी उनले प्रयागराजको घुरपुरको बसवार गाउँका महिलाहरुसँग भेट गरेकी हुन्। उनलाई त्यहाँ महिलाहरुले घटनाका बारेमा बताएका थिए।
उनीहरुले भने,'प्रहरीले त्यस दिन जबरजस्ती घरभित्र पसेका थिए। महिला र बच्चाहरूलाई पनि पिटे। उनीहरुले घर पनि जलाइदिए।'
यही क्रममा प्रियंकाले कृषि जत्तिकै सामुद्रिक कानुन पनि उद्योगपतिहरूको मात्र हितमा बनाउन लागिएको भन्दै केन्द्रीय सरकारको आलोचना गरिन्।
‘यो घटनामा प्रहरी प्रशासन र यूपी सरकार लज्जित हुनुपर्दछ। मैले त्यो घटनाको भिडियो देखेको छु। हामी यस मुद्दालाई उठाउनेछौं र तपाईंसँग लड्नेछौं,’ उनले भनिन्।
उनी आउँदो वर्षको विधानसभा चुनावलाई लक्षित गरि भ्रमणमा निस्किएकी हुन्। उनले प्रयागराजको घुरपुरको बसवार गाउँको भ्रमण गरेकी थिइन्। उनी १० दिनमा दोस्रोपटक त्यहाँ पुगेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।