काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ‘सेटिङ’ भएर देश र जनताको विपक्षमा फैसला भए आन्दोलन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चेतावनी, सिद्धिसकेका प्रचण्डको सिङ–जुरो हालेको तर उल्टै सिध्याउन लागिपरेको आरोप
२) विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार, जनताका बीचमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्ता र सम्वादका लागि सकारात्मक रहेको उल्लेख
३) ७ महिनामा ७ खर्ब ३३ अर्ब मध्ये भारतसँग मात्र ४ खर्ब ८२ अर्ब रुपैयाँको व्यापार घाटा, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८ प्रतिशत
४) बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त, बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटना, ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको महारानी एलिजावेथ द्वितीयको प्रतिक्रिया
५) र, फ्रेन्च लिग वान फुटबलमा ओलम्पिक लियोनको जित, ब्रेस्ट ३–२ गोल अन्तरले पराजित, जितसंगै २६ खेलमा ५५ अंकसहित लियोन लिगको शीर्ष स्थानमा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।