काठमाडौं- बाराको मालपोत कार्यालयका प्रमुख र एक जना लेखापढी व्यवसायीलाई ६ लाख रूपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनि फुकुवाको प्रक्रिया मिलाइदिने भनेर अतिरिक्त रकम मागेको उजुरीपछि आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कार्यालय प्रमुख, नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल रहेका छन्।
सेवाग्राहीसँग अतिरिक्त ६ लाख रूपैयाँ लिइसकेको अवस्थामा शुक्रबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।