सुर्खेत- कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको सिफारिसमा उनलाई आयोग अध्यक्षमा नियुक्त गरिएको हो।
आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।
आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन्। आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका थिए।

विसं २०४४ पूर्व शिक्षक भएका उपाध्याय विसं २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत भएका थिए।
नारायण नगरपालिका– ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर-१२ सुर्खेत बस्दै आएका उपाध्याय क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।