काठमाडौं- पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव बढेपछि देशैभर बदली हुनुका साथै चिसो बढेको छ। गएको बुधबारदेखि मौसमा गडबड भएपनि भाेलि, शुक्ररबार बिहानैदेखि भने मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
‘उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ। तराईको लुम्बिनी प्रदेशका केही जिल्लामा बदली भएको छ’, जल तथा मौसम विज्ञान विभागको माैस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन् ‘यस्तै अवस्था रहेमा शुक्रबार बिहानैदेखि मौसममा सुधार आएर घाम लाग्ने सम्भावना छ।’
बिहीबार बेलुका र राति छिटफुट वर्षा भएपनि ठूलो वर्षाको सम्भावना नरहेको कँडेलले बताइन्। हरेक वर्ष जाडो मौसममा पश्चमी वायुको प्रभाव हुँदा तराई र पहाडी क्षेत्रमा वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ।
यस वर्ष अन्य वर्षको तुलनामा कम चिसो भएकाले तराई क्षेत्रमा पनि शीतलहर कम चलेको मौसमविद्हरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।