काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा पक्राउ परेका किशोरविरुद्ध अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको छ।
पक्राउ परेका सोही ठाउँका दिनेश भट्टविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद जिल्ला अदालत बैतडीले दिएको सुदूरपश्चिम प्रदेशका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।
गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ विभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्याका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन्। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउँदै आएका छन्। भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।