काठमाडौं- फिल्म 'गोर्खे'ले प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक गरेको छ। फागुन २१ गते फिल्मले प्रदर्शन मिति तोकेको छ। फिल्मको 'गाउँभर हल्ला छ', 'सिन्की-अचार'लगायतका गीतलाई दर्शकले मन पराएका छन्। त्यसैले यो दर्शकको प्रतिक्षित फिल्म हो। फिल्मले भारतीय सेनाका सिपाहीको कथा भन्ने बताइएको छ।
'राम्रै' बजेट खर्च गरेर निर्माण गरिएको फिल्मको ट्रेलर र गीत सार्वजनिककै क्रममा ठेस लागेको छ। फिल्ममा भारतीय सेनाको नियमविपरीत मुख्य कलाकारको हातमा ट्याटु देखाइएको छ। भारतीय सेनाम ट्याटु खोप्ने विषयमा विशेष नियम भएको र सोविपरीत हुने टिप्पणी सुरु भएको छ। कुन तहका आर्मीले 'ट्याटु' बनाउन पाउने, कहाँ बनाउन पाउनेदेखि कस्ता ट्याटु खोप्न पाउनेसम्मको नियम भारतीय सेनाले बनाएको छ।
५ युवाहरुको कथा बोल्ने फिल्ममा रवीन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अजुर्न गुरुङ लगायतको अभिनय छ। फिल्मको कथा काजी लिम्बूले लेखेका हुन्।
कोजु इन्टरटेन्टमेनको ब्यानरमा बनेको फिल्ममा हरि लामाको प्रस्तुति रहेको छ। तीर्थराम कोजु र हरि थापाको लगानीमा फिल्म बनेको छ।
ट्रेलर भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।