बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
भागरथीका दाइ शंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन्।
दिनेशलाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ। यसअघि पनि पटकपटक सोधपुछमा तानिएका दिनेशले मंगलबार, भागरथीको हत्या आफूले गरेको स्वीकार गरेका प्रहरीले बताएको छ। फरक फरक बयान दिएका उनलाई प्रहरीले निगरानीमा राखिरहेको थियो।
दिनेशको आफ्नै बयान बाझिएपछि प्रहरीले मंगलबार फेरि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसअघि उनलाई प्रहरीले तीनपटक बयान लिइसकेको थियो।
पक्राउ गरेका दिनेशलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र विस्तृत जानकारी दिने प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।