काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) दोस्रो चरणमा आफैं कोभिडविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी, भारतीय कम्पनीले माग्यो अग्रिम भुक्तानी, मन्त्रिपरिषद् पुग्यो फाइल, २० लाख डोज खोप किन्न ९२ करोड लाग्ने
२) झापाको ’बालुवाटार काण्ड’ : पुरी परिवारको नाममा रहेको साढे १७ बिघा जग्गा जफत गर्नुपर्ने निष्कर्ष, ५७ विघा भन्दा बढी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा ल्याएर बेचेको खुलासा
३) राष्ट्रिय योजना आयोगबाटै कानुन उल्लंघन, बजेटमाथिको प्रारम्भिक छलफल प्रभावित, आन्तरिक तयारी भइरहेकाले सिलिङ पठाउन केही ढिला भएको आयोगको प्रतिक्रिया
४) म्यानमारमा सैनिक शासनबाट निर्दोष नागरिकलाई पीडित हुन नदिन नागरिकहरु नै रात्रि गस्तीमा, सरकारविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष जेल राख्ने चेतावनी
५) र, राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाको जित, उदयपुरको चौदण्डीगढी नगरपालिका २–१ गोल अन्तरले पराजित, लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।