याङ्गोन- म्यान्मारमा भएको सैन्य ‘कू’विरुद्ध प्रदर्शन बढ्न थालेपछि सरकारले प्रदर्शन गरिरहेकाहरुलाई सशस्त्र बलमाथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने चेतावनी दिन थालेका छन्।
म्यानमनरकाा सेनाले सैन्य नेतृत्वप्रति घृणा वा अवहेलना फैलाएको अभियाेगमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने चेतावनी दिएकाे हाे।
म्यान्मारका विभिन्न शहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो।
सेनाले गरेको उक्त कूविरुद्ध पछिल्ला दिनहरूमा विभिन्न शहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन्। उल्लेख्य मात्रामा सरकारी कर्मचारी र सुरक्षाकर्मीसमेत प्रदर्शनमा उत्रिएका छन्। पछिल्लाे पटक भएकाे आम निर्वाचनमा आङसान सुची नेतृत्वकाे पार्टीले बहुमत ल्याएपछि सेनाले कू गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।