काठमाडौं- नेपाल लाइभ डटकमको निकट भविष्यमा सुरु हुने अंग्रेजी संस्करण, नेपाल लाइभ टूडेको सम्पादकमा शिरोमणि ढुंगाना नियुक्त भएका छन्। हेल्प पब्लिकेशन प्रालिले ढुंगानालाई आइतबारदेखि लागू हुने गरी सम्पादक नियुक्त गरेको हो।
आइतबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष अनिल न्यौपानेले नेपाल लाइभ डटकमसँगै अंग्रेजी संस्करण नेपाल लाइभ टूडे अंग्रेजी भाषाका पाठकका लागि महत्वपूर्ण प्लेटफर्म हुने उल्लेख गरे।
नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले ढुंगानाको नेतृत्वमा छिटै सुरु हुने अंग्रेजी भाषाको पोर्टलले गहन सामग्री पस्कन छुट्टै योगदान गर्ने विश्वास व्यक्त गरे। ढुंगानाले यसअघि द हिमालयन टाइम्स, रिपब्लिका दैनिक लगायतमा काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।