संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ।
उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी रहेको देखिएको छ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता आवश्यक रहेको जनसंख्या कम्तिमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ।
यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ।
हाइटीमा राजनीतिक संकट शुरु भएको थियो। यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्नुपरेको बताइएको थियो। त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरु झेल्दै आएका छन्।
अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहहरुले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ।
यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरु पनि पछिल्लो समयमा निकै हुने गरेका छन्। कतिपय नागरिकहरु यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन्।
ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।