काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछोडिने बताएका छन्। आफूपक्षीय नेकपाले बुटवलमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोडिने र कारबाहीको दायरामा ल्याइने बताएका हुन्।
'भागरथीका हत्यारालाई कारबाहीको दायरमा ल्याइन्छ। पानीमुनि गएपनि छोडिने छैन,' उनले भने। कार्यक्रममा उनले आफू नेतृत्वको सरकारले गरेका कामकारबाहीको फेहरिस्त पनि सुनाएका थिए।
बैतडीको दोगढकेदार गाउँपालिका-७ की भागरथी अघिल्लो बिहीबार मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अुनसन्धानले देखाएको छ। तर प्रहरीले दोषीलाई कारबाहीको दायरमा ल्याउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।