• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

असहिष्णु सरकारको भयभीत चेहरा

64x64
नेपाल लाइभ बिहीबार, माघ २९, २०७७  २३:३८
1140x725

विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार काठमाडौंको शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरी करिब ५ घण्टापछि हिरासतमुक्त गरेको छ। ‘राज्यविरुद्धको कसुर गरेको’ भन्दै पक्राउ पुर्जी थमाएर गिरफ्तार गरेको प्रहरीले झाँक्रीलाई ‘लिखित सोधपुछ गरेर’ छाडेको प्रतिक्रिया दिएको छ। 

१० दिन पहिले गोरखामा आयोजित कार्यक्रममा दिएको राष्ट्रपति विद्यादेवी भण्डारीलक्षित अभिव्यक्तिलाई लिएर झाँक्रीलाई पक्राउ गरिएको र हिरासतमै भएको ‘लिखित सोधपुछ’मा चित्त बुझेपछि उनलाई छाडिएको प्रहरीको प्रष्टोक्तिले केही गम्भीर प्रश्न उब्जाएको छ। सामान्य सोधपुछबाट नै ‘चित्त बुझ्ने’ कुरा थियो भने झाँक्रीलाई निवास घेरा हालेर किन पक्राउ गरियो? राज्यविरुद्धको कसुर गरेको हो भने सामान्य सोधपुछपछि किन छाडियो? सबभन्दा गम्भीर कुरा त राष्ट्रपतिलक्षित सार्वजनिक अभिव्यक्तिलाई राज्यसंयन्त्रले राज्यविरुद्धको कसुर ठानेर डन्डा चलाउने अग्रसरता किन देखायो?

झाँक्री पक्राउ परेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरेको टिप्पणी गरेका थिए। प्रहरी स्वयंको भनाइले पनि दाहालको यो टिप्पणी सरकार वा प्रधानमन्त्रीमाथिको आरोप मात्र थिएन भन्ने देखाएको छ। झाँक्री पक्राउ प्रकरणमा जोडिएका प्रहरी अधिकृतहरूले ‘तत्काल पक्राउ गरेर कारबाही गर्नू’ भन्ने आदेश गृह मन्त्रालयबाट आएपछि यस्तो कदम चालिएको बताएका छन्।

देशलाई दशकौंदेखि जकडेको राजनीतिक अस्थिरता अन्त्य गरी राजनीतिक स्थिरता दिने वाचा गरेर प्रधानमन्त्री बनेका ओलीले आफ्नो असीमित शक्ति–अभ्यासका निम्ति मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने कदम चाल्नु देश, राजनीति दुवैको बिडम्बना हो।

यो प्रकरणमा प्रधानमन्त्री ओली वा उनको सचिवालयको भूमिका थियो/थिएन भन्ने प्रष्ट छैन। तर, गृह मन्त्रालयले दिएको निर्देशनका आधारमा झाँक्रीलाई पक्राउ गरिनु र त्यसअघि ओलीले नेतृत्व गरेको नेकपानिकट अखिल नेपाल महिला संघका नेताहरुले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुले यस पछाडिको मनशाय प्रष्टिन्छ। 

राष्ट्रपति भण्डारीलक्षित रामकुमारी झाँक्रीका अभिव्यक्ति जायज, शालीन वा सभ्य थिए भन्ने हाम्रो निचोड होइन। ती अभिव्यक्ति यस्ता थिए वा थिएनन् भन्ने विषय अगाडि सारेर उनको गिरफ्तारीको औचित्य पुष्टि गर्ने प्रयत्न पनि गरिनु हुँदैन। सार्वजनिक ओहोदा वा भूमिकामा रहेका व्यक्तिका गतिविधिले संविधान र कानूनको उल्लंघन गरेका छन् भने त्यसलाई जवाफदेही बनाउने प्रक्रिया पनि सोहीअनुसार हुन्छ, हुनुपर्छ। तर, संविधानले मौलिक हकका रुपमा सुनिश्चित गरेको अभिव्यक्तिको स्वतन्त्रतामाथि कुनै अमुक व्यक्तिको रिस, आवेग, प्रतिशोध वा ‘ठिक पारिदिने’ चाहना हावी हुन थाल्यो भने त्यहाँ नागरिकको लामो संघर्षपछि प्राप्त स्वतन्त्रता नै कुण्ठित हुन पुग्छ। बिहीबारको घटनाक्रमले त्यसकै संकेत गरेको छ।

रामेश्वर बोहरा

यो घटनाक्रम कुनै एक व्यक्तिको गिरफ्तारीसँग मात्र सम्बन्धित छैन, बरु गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटनसँग सिधा जोडिएको छ। विघटनको विषय अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायिक परीक्षणका क्रममा छ, तर सरकारमा रहेको (प्रधानमन्त्री ओली नेतृत्वको) नेकपाबाहेक सबैजसो राजनीतिक शक्तिले यसलाई असंवैधानिक कदम किटान गरिसकेका छन्। आफ्नो पार्टीभित्र उत्पन्न संकट पन्छाउन असमयमै सदन मास्ने प्रधानमन्त्री र राष्ट्रपतिबाट चालिएको कदमलाई ‘संवैधानिक कू’ ठहर गरेर ओलीइतरको नेकपा आन्दोलनमा होमिइसकेको छ भने सडकबाट सत्ता फाल्ने उद्घोषसहित नागरिक आन्दोलन पनि शुरु भएको छ। समाजका अरु थुप्रै तह र तप्का पनि यसविरुद्ध आन्दोलित छन्। र, त्यही आन्दोलनमा सामेल झाँक्रीले दिएको अभिव्यक्तिलाई सरकारले राज्यविरुद्धको अपराधमा होम्ने प्रयत्न गरेको हो। 

प्रष्ट छ, हठात् प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुअघि नै प्रधानमन्त्री ओलीमा संविधान, कानून र लोकतान्त्रिक अभ्यासले स्थापित गरेका आफूमाथिका ‘बारबन्देज’ पन्छाएर असीमित शक्ति–अभ्यास गर्ने हुटहुटी देखिने गरी सवार भइसकेको थियो। त्यही शृंखला अन्तर्गत सबभन्दा पहिले उनले आफूमाथि लगाम लगाउन खोज्ने आफ्नै पार्टीका निर्णय अवज्ञा गर्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चारमाध्यमदेखि बौद्धिक जगतसम्मका आलोचकको सार्वजनिक मानमर्दन गर्नेदेखि अभिव्यक्तिलाई संकुचित गर्ने नियन्त्रणमुखी कानून बनाउनेसम्मका प्रयत्न उनले गरे।

त्यसपछि राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई अध्यादेशको आडमा विकृत पार्ने अभ्यास शुरु गरे। त्यतिले नपुगेर संवैधानिक परिषद्‍सम्बन्धी व्यवस्थालाई अध्यादेशकै अस्त्रमार्फत् सत्ताले चाहेअनुकुल निर्णय गर्न सक्ने बनाए। र, यति गर्दा पनि जब सरकारको जग डगमगाउन छाडेन, आफ्नो बाटोमा अबरोध बन्न सक्ने प्रतिनिधि सभा नै सिध्याइदिए। देशलाई दशकौंदेखि जकडेको राजनीतिक अस्थिरता अन्त्य गरी स्थिर सरकार र राजनीतिक स्थिरता दिने वाचा गरेर प्रधानमन्त्री बनेका ओलीले आफ्नो असीमित शक्ति–अभ्यासका निम्ति मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने कदम चाल्नु देश, राजनीति दुवैको बिडम्बना हो। 

२०७४ फागुनमा सरकारको नेतृत्व गरेदेखि नै प्रधानमन्त्री ओलीमा आफ्ना आलोचकप्रति असहिष्णु व्यवहार र विरोधीका बोली थुन्न खोज्ने अचम्मको रुचि देखिएको छ। त्यसका निम्ति सञ्चारमाध्यमदेखि बौद्धिक जगतसम्मका आलोचकको सार्वजनिक मानमर्दन गर्नेदेखि अभिव्यक्तिलाई संकुचित गर्ने नियन्त्रणमुखी कानून बनाउनेसम्मका प्रयत्न उनले गरे। आमसञ्चार नीतिको मस्यौदा बनाउँदा होस् या सूचना प्रविधिसम्बन्धी ऐनको विधेयक निर्माण गर्दा, सरकारको यो नियत छताछुल्ल भयो।

सरकारका यस्ता प्रयत्नको सूची अझ लामो छ। संसद् हुँदाहुँदै खुलेआम यस्तो ‘आँट’ गर्दै आएको सरकार प्रतिनिधि सभा विघटनपछि थप हौसिएको दृष्टान्त हो– गत मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमा सुनाएको औपचारिक निर्णय। एक दिन पहिलेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा उनले सरकार सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारीमा रहेको बताएका थिए। उनले ‘सम्मानित राष्ट्रपति संस्थाप्रति अभिव्यक्ति दिनेमाथि कारबाही गर्ने गरी निर्देशिका ल्याउन लागेको’ बताएर आलोचकका अभिव्यक्तिमा बन्देज लगाउने संस्थागत प्रयत्नमै सरकार अघि बढिसकेको संकेत गरेका छन्। 

1140x725
गिरफ्तारीपछि प्रहरीको भ्यानतर्फ लगिँदै नेकपा केन्द्रीय सदस्य झाँक्री। तस्बिर : निमेष जंग राई

पछिल्लो समय सरकारले यी र यस्ता विषयसँग जोडिएका जे-जस्ता व्यवहार देखाइरहेको छ, त्यसले उसको भयभीत चेहरा देखाउँछ। प्रधानमन्त्री ओली निर्वाचन आयोगमै पुगेर संवैधानिक निकायलाई ‘आफूले चाहेअनुसार निर्णय गर्न’ सिधै दबाब दिन थालेका छन्। राज्यस्रोत र शक्तिको बलमा सडकमा उत्रिएर न्यायालयमाथि दबाब बढाउने उनको प्रयत्न जगजाहेर छ। अर्थात् सरकार आफ्नो आलोचना गर्ने नागरिकसित मात्र होइन, राज्यका स्वतन्त्र निकायबाट हुन सक्ने सम्भावित निर्णयलाई लिएर समेत त्रस्त देखिन्छ र त्यही भय हटाउन एकपछि अर्को उट्पट्याङ गरिरहेको छ। मुलुकको बागडोर सम्हालेकाहरूको भयभीत सोच र व्यवहार मुलुक र लोकतन्त्र दुवैको स्वास्थ्यका निम्ति राम्रो संकेत होइन।

लोकतन्त्र त्यो हो जहाँ सबै संस्थाले बहन गरेको भूमिकाको समीक्षा हुन्छ, आलोचना पनि हुन्छ। त्यही समीक्षा र आलोचनाले नै ती संस्थालाई परिपक्व बनाउँदै जान्छ, अनि प्रणालीलाई बलियो पनि पार्दै लैजान्छ। प्रधानमन्त्री ओलीलाई यसको थोरै मात्र पनि हेक्का छ भने उनले असीमित शक्ति अभ्यास गर्ने र आफ्ना आलोचकलाई तह लगाउने सोच तत्काल त्याग्न जरुरी छ। प्रतिनिधि सभा विघटनपछि रामकुमारी झाँक्रीमार्फत् अघि बढाइएको यस्तो ‘टेस्ट केस’ असफल हुनुको अर्थ हो– आजको समाज–दुनियाँमा नियन्त्रणमुखी सत्ताभ्यास किमार्थ स्वीकार्य छैन, हुन सक्दैन। कम्तीमा प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतबाट छिनोफानो नहुँदासम्म सबै उट्पट्याङ बन्द गरेर आफूलाई कामचलाउ सरकारको भूमिकामा सीमित राख्नु प्रधानमन्त्री ओलीसँगै मुलुक र लोकतन्त्रको पनि हितमा छ। 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  २३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ?
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्