• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधि सभा विघटन : 'मैझारो'तिर बहस, कहिले आउला फैसला?
64x64
दुर्गा दुलाल बुधबार, माघ २८, २०७७  २३:१३
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १३ थान निवेदनमाथि निरन्तर बहस अन्तिमतिर पुगेको छ। रिट निवेदक पक्ष र सरकारी पक्षको बचाउ अन्तिमतिर पुगेकाले फैसलाको मिति पनि नजिकिन थालेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीहरूले बिहीबार एक घण्टामा बहस सक्ने बताएका छन्। उनीहरूपछि सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट दुई जनाले बहस गर्नेछन्। उक्त बहसपछि निवेदक र प्रतिपक्ष (सरकार) तर्फको बहस समाप्त हुनेछ।

यसपछि अदालतले मगाएका नेपाल बार र सर्वोच्च बारका एमिकस क्युरीले आफ्नो धाराणा राख्नेछन्। बहसका क्रममा उठेका प्रश्नहरूको जवाफ निवेदक पक्षले दिन पनि बाँकी छ। १३ वटा निवेदनमा केही वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र जवाफ दिने तयारी गरेकाले अबको प्रक्रिया धेरै लामो नहुने संकेत मिलेको छ।

माघ २९ गते सभामुखका कानुन व्यवसायीले बहस सकेमा फागुन पहिलो हप्ता एमिकस क्युरी र निवेदकले जवाफ दिने काम हुनेछ। एक सातामा उनीहरुको बहस समाप्त भए त्यसपछि एक सातामा संवैधानिक इजलासले फैसलाको निर्णय सुनाउने मिति तोक्न सक्नेछ। यो प्रक्रिया पूरा भएर फागुनको दोस्रो सातासम्म प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला आउन सक्ने अनुमान गर्न थालिएको छ। 

सरकारी पक्षको प्रश्न- संसद् नबोलाए के हुन्छ?
प्रधानमन्त्री ओलीका तर्फबाट मंगलबार र बुधबार २६ जना कानुन व्यवसायीले बहस गरेका छन्। उनीहरुले बुधबारसम्म गरेको बहसमा प्रधानमन्त्रीलाई अधिकार भएको दाबी गरिरहेका छन्। 

बुधबार बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधि सभा पुनःस्थापित भए झन् समस्या हुने तर्क गरेका छन्। प्रधानमन्त्रीका निजी कानुन व्यवयासीका रुपमा बहस गर्न उत्रेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विघटनको निर्णयलाई नै अदालतले सदर गर्नुपर्ने बताए। उनले अदालतले संसद् पुनर्स्थापन गरेपनि मन्त्रिपरिषद्ले बैठक आह्वान नगर्न सक्ने बताए। 

‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गरेपनि मन्त्रिपरिषद्ले संसद् बैठक आह्वान नगर्न सक्छ। प्रधानमन्त्रीले हाउस बोलाइदिनुभएन भने के हुन्छ?,' वरिष्ठ अधिवक्ता न्यौपानेको भनाइ थियो, ‘मन्त्रिपरिषद्को निर्णय नभई हाउस बोलाउन मिल्दैन। संविधानअनुसार सबै अधिकार त मन्त्रिपरिषद्‍मा हुन्छ।’  

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सही भएको न्यौपानेले दाबी गरे। उनले अहिलेको अवस्थामा निर्वाचनमा जानु नै सही भएको उल्लेख गरे। 

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीका तर्फबाट मंगलबार र बुधबार २६ जना कानुन व्यवसायीले बहस गरेका छन्। उनीहरुले बुधबारसम्म गरेको बहसमा प्रधानमन्त्रीलाई अधिकार भएको दाबी गरिरहेका छन्। 

‘जनतामा जाने बाटो खुला गर्छु भनेको राम्रो हो। प्रतिनिधि सभा पुनर्स्थापना गर्दा अहिलेको भन्दा बढी समस्या आउँछ,' उनको तर्क थियो। वरिष्ठ अधिवक्ता न्यौपाने राप्रपाका नेतासमेत हुन्। राजसंस्था कायम हुनुपर्ने र धर्म निरपेक्षता खारेज हुनुपर्ने अभियानमा सक्रिय रहेका न्यौपानेले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरिरहेका छन्। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले  प्रधानमन्त्रीलाई संविधानले विघटन गर्न नसक्ने नभनेको दाबी गरे। संविधानमा कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएकोले संसद् भन्दा धेरै अधिकार प्रधानमन्त्रीलाई हुने उनको दाबी थियो।

बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले ‘संविधानमा विघटनको अधिकार प्रधानमन्त्रीलाई छ भन्न सकिने आधार प्रस्तुत गर्ने भनेकी थिइन्। जवाफमा भण्डारीले ‘संविधानमा तीन वटा ठाउँ भएको' जवाफ दिएका थिए। संविधानको धारा ७४, धारा ७६ र धारा ८५ को मर्मअनुसार प्रधानमन्त्रीमा प्रतिनिधि सभा विघटनको अधिकार हुने उल्लेख गरेका थिए। 

उनले बेलायतमा समेत 'फिक्स टर्म पार्लेमेन्ट एक्ट' संशोधन हुनुपर्ने कुरा आएको समेत उल्लेख गरेका थिए।

बहस अन्तिम तिर पुगेपछि न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले प्रश्न गरेका थिए, ‘संविधानले भन्न खोजेको दर्शनका आधारमा के भन्छ? अरु धारा हेर्न पर्छ कि पर्दैन?’ जवाफमा भण्डारीले धारा ७६ मात्र नभएर अन्य धाराहरु पनि हेर्न पर्ने दाबी गरेका थिए। प्रतिनिधि सभा पुनर्स्थापना गरेर समाधान नहुने भन्दै उनले बहस टुंग्याएका थिए। 

बुधबार अधिवक्ताहरू माधवकुमार बस्नेत, अञ्जन न्यौपाने, विजयकुमार मिश्र, माधव बाँस्कोटा, वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाई र कृष्णकुमार राईले प्रतिनिधि सभा विघटनको बचाउ गर्दै बहस गरेका थिए। 

संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी ऐन बनाउन निर्देशन दिनुपर्ने सुझावसमेत उनको थियो। विघटनसम्बन्धी ऐनको अभाव रहेको भन्दै उनले संसद् विघटन ऐन संविधानसँग नबाझिने गरी मस्यौदा गर्न इजलासले निर्देशन दिनुपर्ने मत राखे। 

‘कस्तो अवस्थामा संसद् विघटन गर्न मिल्ने र कस्तो अवस्थामा नमिल्ने भन्नेबारे ऐनको अभाव छ। अदालतले यस्तो कानुन बनाउन आदेश दिन सक्छ। बेलायतको जस्तै फिक्स टर्म पार्लियामेन्ट एक्ट ल्याउन सकिन्छ,' उनले भने।

यो मुद्दामा बहस सुरु भएको २१ दिन पुगेको छ। माघ ४ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको बहसमा माघ २६ सम्म आइपुग्दा रिट निवेदक पक्षको बहस सकिएको छ भने सरकारी पक्षको बहस पनि अन्तिमतिर पुगेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा... आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान... आइतबार, जेठ २५, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै आइतबार, जेठ २५, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ७५ जनाभन्दा बढीको मृत्यु आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्