• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : 'मैझारो'तिर बहस, कहिले आउला फैसला?

64x64
दुर्गा दुलाल बुधबार, माघ २८, २०७७  २३:१३
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १३ थान निवेदनमाथि निरन्तर बहस अन्तिमतिर पुगेको छ। रिट निवेदक पक्ष र सरकारी पक्षको बचाउ अन्तिमतिर पुगेकाले फैसलाको मिति पनि नजिकिन थालेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीहरूले बिहीबार एक घण्टामा बहस सक्ने बताएका छन्। उनीहरूपछि सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट दुई जनाले बहस गर्नेछन्। उक्त बहसपछि निवेदक र प्रतिपक्ष (सरकार) तर्फको बहस समाप्त हुनेछ।

यसपछि अदालतले मगाएका नेपाल बार र सर्वोच्च बारका एमिकस क्युरीले आफ्नो धाराणा राख्नेछन्। बहसका क्रममा उठेका प्रश्नहरूको जवाफ निवेदक पक्षले दिन पनि बाँकी छ। १३ वटा निवेदनमा केही वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र जवाफ दिने तयारी गरेकाले अबको प्रक्रिया धेरै लामो नहुने संकेत मिलेको छ।

माघ २९ गते सभामुखका कानुन व्यवसायीले बहस सकेमा फागुन पहिलो हप्ता एमिकस क्युरी र निवेदकले जवाफ दिने काम हुनेछ। एक सातामा उनीहरुको बहस समाप्त भए त्यसपछि एक सातामा संवैधानिक इजलासले फैसलाको निर्णय सुनाउने मिति तोक्न सक्नेछ। यो प्रक्रिया पूरा भएर फागुनको दोस्रो सातासम्म प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला आउन सक्ने अनुमान गर्न थालिएको छ। 

सरकारी पक्षको प्रश्न- संसद् नबोलाए के हुन्छ?
प्रधानमन्त्री ओलीका तर्फबाट मंगलबार र बुधबार २६ जना कानुन व्यवसायीले बहस गरेका छन्। उनीहरुले बुधबारसम्म गरेको बहसमा प्रधानमन्त्रीलाई अधिकार भएको दाबी गरिरहेका छन्। 

बुधबार बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधि सभा पुनःस्थापित भए झन् समस्या हुने तर्क गरेका छन्। प्रधानमन्त्रीका निजी कानुन व्यवयासीका रुपमा बहस गर्न उत्रेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विघटनको निर्णयलाई नै अदालतले सदर गर्नुपर्ने बताए। उनले अदालतले संसद् पुनर्स्थापन गरेपनि मन्त्रिपरिषद्ले बैठक आह्वान नगर्न सक्ने बताए। 

‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गरेपनि मन्त्रिपरिषद्ले संसद् बैठक आह्वान नगर्न सक्छ। प्रधानमन्त्रीले हाउस बोलाइदिनुभएन भने के हुन्छ?,' वरिष्ठ अधिवक्ता न्यौपानेको भनाइ थियो, ‘मन्त्रिपरिषद्को निर्णय नभई हाउस बोलाउन मिल्दैन। संविधानअनुसार सबै अधिकार त मन्त्रिपरिषद्‍मा हुन्छ।’  

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सही भएको न्यौपानेले दाबी गरे। उनले अहिलेको अवस्थामा निर्वाचनमा जानु नै सही भएको उल्लेख गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीका तर्फबाट मंगलबार र बुधबार २६ जना कानुन व्यवसायीले बहस गरेका छन्। उनीहरुले बुधबारसम्म गरेको बहसमा प्रधानमन्त्रीलाई अधिकार भएको दाबी गरिरहेका छन्। 

‘जनतामा जाने बाटो खुला गर्छु भनेको राम्रो हो। प्रतिनिधि सभा पुनर्स्थापना गर्दा अहिलेको भन्दा बढी समस्या आउँछ,' उनको तर्क थियो। वरिष्ठ अधिवक्ता न्यौपाने राप्रपाका नेतासमेत हुन्। राजसंस्था कायम हुनुपर्ने र धर्म निरपेक्षता खारेज हुनुपर्ने अभियानमा सक्रिय रहेका न्यौपानेले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरिरहेका छन्। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले  प्रधानमन्त्रीलाई संविधानले विघटन गर्न नसक्ने नभनेको दाबी गरे। संविधानमा कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएकोले संसद् भन्दा धेरै अधिकार प्रधानमन्त्रीलाई हुने उनको दाबी थियो।

बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले ‘संविधानमा विघटनको अधिकार प्रधानमन्त्रीलाई छ भन्न सकिने आधार प्रस्तुत गर्ने भनेकी थिइन्। जवाफमा भण्डारीले ‘संविधानमा तीन वटा ठाउँ भएको' जवाफ दिएका थिए। संविधानको धारा ७४, धारा ७६ र धारा ८५ को मर्मअनुसार प्रधानमन्त्रीमा प्रतिनिधि सभा विघटनको अधिकार हुने उल्लेख गरेका थिए। 

उनले बेलायतमा समेत 'फिक्स टर्म पार्लेमेन्ट एक्ट' संशोधन हुनुपर्ने कुरा आएको समेत उल्लेख गरेका थिए।

बहस अन्तिम तिर पुगेपछि न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले प्रश्न गरेका थिए, ‘संविधानले भन्न खोजेको दर्शनका आधारमा के भन्छ? अरु धारा हेर्न पर्छ कि पर्दैन?’ जवाफमा भण्डारीले धारा ७६ मात्र नभएर अन्य धाराहरु पनि हेर्न पर्ने दाबी गरेका थिए। प्रतिनिधि सभा पुनर्स्थापना गरेर समाधान नहुने भन्दै उनले बहस टुंग्याएका थिए। 

बुधबार अधिवक्ताहरू माधवकुमार बस्नेत, अञ्जन न्यौपाने, विजयकुमार मिश्र, माधव बाँस्कोटा, वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाई र कृष्णकुमार राईले प्रतिनिधि सभा विघटनको बचाउ गर्दै बहस गरेका थिए। 

संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी ऐन बनाउन निर्देशन दिनुपर्ने सुझावसमेत उनको थियो। विघटनसम्बन्धी ऐनको अभाव रहेको भन्दै उनले संसद् विघटन ऐन संविधानसँग नबाझिने गरी मस्यौदा गर्न इजलासले निर्देशन दिनुपर्ने मत राखे। 

‘कस्तो अवस्थामा संसद् विघटन गर्न मिल्ने र कस्तो अवस्थामा नमिल्ने भन्नेबारे ऐनको अभाव छ। अदालतले यस्तो कानुन बनाउन आदेश दिन सक्छ। बेलायतको जस्तै फिक्स टर्म पार्लियामेन्ट एक्ट ल्याउन सकिन्छ,' उनले भने।

यो मुद्दामा बहस सुरु भएको २१ दिन पुगेको छ। माघ ४ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको बहसमा माघ २६ सम्म आइपुग्दा रिट निवेदक पक्षको बहस सकिएको छ भने सरकारी पक्षको बहस पनि अन्तिमतिर पुगेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्