काठमाडौं- कलाकारहरू कर्मा, छुल्ठिम गुरुङ र सुस्मा कार्कीको मुख्य भूमिकामा फिल्म ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ। अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको घोषणा गरिएको छ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्मको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो। फिल्मको प्रस्तुतकर्ताका रूपमा सुनिल मानन्धर रहनेछन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहने निर्माण टोलीले बताएको छ।
उत्तम केसीको कथा रहेको फिल्ममा हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको पटकथा तथा संवाद रहनेछ। फिल्मका निर्देशक अरुण खड्का यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्।
चैतको पहिलो साताबाट छायांकनमा जाने यो फिल्म अपराध र हाँस्यविधामा आधारित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।