काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाले तेन्जिङ नोर्वु शेर्पाबारे फिल्म बनाउने भएका छन्। ओबामा दम्पतिको प्रतिष्ठानले पहिलोपटक सगरमाथा आरोहण गरेका शेर्पाबारे फिल्म बनाउने भएका हुन्।
फिल्मको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन’ ले उक्त फिल्म बनाउन लागेको हो। फिल्म नेटफ्लिक्सबाट प्रर्दशन हुनेछ।
तीनवटा चलचित्रमध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा बताइएको हो। फिल्मको नाम पनि तेन्जिङ नै रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।