काठमाडौं- नेपालकी अभिलाषा विष्ट आइटिएफ वल्र्ड टेनिस टुर-जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६-१ र ६-१ ले सहजै पराजित गरिन्।
सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी यात्रालाई जारी राख्दै क्वाटरफाइनलमा स्थान बनाए। उक्त जोडीले फ्रान्सका भेलेन्टिन फाउरे र भारतका युभान नन्दलाललाई ५-७, ६-२ (१०-२) ले हराए।
महिला डबल्समा भने नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी प्रिक्वाटरफाइनलमै रोकिए। प्रेरणा र सलोनीको जोडी अमेरिकाकी साइना देशपाण्डे र फिनल्यान्डकी अनाइस फर्नान्देज लाक्सोनेनसँग ७-६ (७) र ६-४ ले चुके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।