• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

न्यायका लागि कविता : शासकप्रति आक्रोश

64x64
किशोर दहाल मंगलबार, माघ २७, २०७७  २२:१०
1140x725

म ब्युँझन्छ, उठ्छु, जुट्छु
उसैगरी मुठी कस्छु
र प्रहार गर्छु, तिम्रो निरंकुश सत्तालाई

मंगलबार काठमाडौंको बसन्तपुरमा कवि पवन ढुंगानाले वाचन गरेको कविताको अंश हो, यो। ‘बृहत् नागरिक आयोजन’द्वारा आयोजित ‘न्यायका लागि कविता’ कार्यक्रम अन्तर्गत झन्डै उनीजस्तै दुई दर्जन कविहरुले सत्ता र शासकप्रति आक्रोश व्यक्त गरे।

कवितामा अधिकांश कविहरुले तानाशाही र निरंकुश शासकको चरित्र चित्रण गरे। साथै, त्यसका निम्ति संघर्षको आह्वान गरे। त्यस्तो शासनको अन्त्य सुनिश्चितता पनि गरे। बच्चु हिमांशुको कविताको अंश थियो-

अब म उठाउँछु चेतनाको कलम
त्यसको निबले घोच्छु म शासकको मुटुमा
निकालेर रगत तानाशाहको
कोर्छु भूइँमान्छेले गाउने गीतको धुन
यसपटक मेरो हात लरबराउने छैन

कवि लक्ष्मी रुम्बाले ‘तानाशाही एक्प्रेस’ दुर्घटनाउन्मुख भएको ठोकुवा गर्दै सुनाइन्-

इतिहास त तिम्रो पनि छ, मेरो पनि छ
अब तिमी आफ्नो इतिहास लेख
यो ऐतिहासिक अवशानसँगै 
दुर्घटित हुने छ छिट्टै नै
तिम्रो तानाशाह एक्प्रेस

लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गर्नेहरु, एउटै मोर्चामा रहेर समानताका गीत गाउनेहरु, जनताको मुक्तिको सपना बाँड्नेहरुमध्ये केही सत्तामा पुगे, केही अझै संघर्षमै छन्। सत्तामा पुग्नेहरुले हिजोका निरंकुश शासककै चरित्र वरण गरेको भन्ने धेरैको बुझाइ पाइन्छ। प्रधानमन्त्री केपी ओलीले नै कम्युनिस्ट आचरण नदेखाएको र सामन्तवादी व्यवहार प्रदर्शनमा रमाउने गरेको आरोप लाग्दै आएको छ। कवि कपिल चौलागाईंले त्यसैप्रति आक्रोश व्यक्त गरेः

मलाई याद छ
कुनै बेला हामी सँगै लडेका थियौं
जुन निरंकुशता ढाल्न लडेका थियौं हामी
अपसोच आज म तिमीलाई त्यहीँ देखिरहेको छु

Ncell 2
Ncell 2
nimb
nimb

कवि समर्पण श्रीले निरंकुशता ढाल्ने उद्घोष गरेः

अब त केवल ढाल्नु नै छ, ढाल्नु नै छ
ए तानाशाही शासक
बुझ्नु कि
तिम्रो अन्त्य नै
हाम्रो जीवनको सुरूवात हो

लोकतान्त्रिक व्यवस्था अपनाइए पनि त्यसका अपूर्णतामाथि बेलाबखत चर्चा हुन्छ। बृहत नागरिक आन्दोलनद्वारा आयोजित कैयौं कार्यक्रमका वक्ताहरुले यो विषयलाई उठाइरहेका पनि छन्।  अहिलेको आन्दोलनको उद्देश्य प्रधानमन्त्री हेरफेर मात्रै नभएर नेपालमा लोकतन्त्रको अभ्यासका क्रममा रहेका कतिपय त्रुटि र कमजोरीलाई न्यूनीकरण गर्दै लैजानुपर्ने र त्यसका लागि निरन्तर आवाज उठाइरहनुपर्ने र खबरदारी गरिरहनुपर्ने उनीहरु बताउँछन्। कवि प्रज्वल अधिकारीको कविताले नेपाली लोकतान्त्रिक अभ्यासको त्यही अपूर्णताको यथार्थ भन्छः

जात व्यवस्था सम्बन्धी कानुनले 
मलाई सम्बोधन गरेको भए
खानुपर्ने थिएन
आफैंले लडेर ल्याएको व्यवस्थाको हातबाट विष

Xtrem

Xtrem

कवि सविन बटौलेले त लोकतन्त्रको ढोका नै होचो भएको बताएः

यहाँ जहाँ लोकतन्त्रको ढोका नै होचो भइसक्यो
मान्छे आफूलाई पनि होचै मान्न थालिसके
तर मेरो भने निधारमा टुटुल्को उठिसक्यो

कवि राजु स्याङ्तानको कविताले यो देशको इतिहास दर्ज गराउने प्रक्रियामै रहेको त्रुटिको फेहरिस्त प्रस्तुत गर्‍योः

यसरी 
बिलाइरहेछन् यो धर्तिका कयौं ताराहरु 
अस्ताइरहेछन् यो धर्तीका कयौं जूनहरु
को हो यो 
किताबको पानामा सदाबहार बाँचिरहने मान्छे? 
अनि कस्को हो यो
इतिहासको मूलसडकमा 
बाटो छेकि बसेको शालिक?

कवि महावीर विश्वकर्माले लोकतन्त्रका कमजोरीलाई र बालुवाटारको सत्ता-शक्तिप्रति सडकका आन्दोलनकारीको सम्मोहनलाई पनि एकैसाथ दर्साएः

यो साल मादलचाहिँ गज्जबले घन्कियो बालुवाटारमा
घिन्ताङ घिन्ताङ घन्कियो
लय टिपेर घन्कियो
अनि जुलुसमा लम्किँदा लम्किँदै केही थान कम्मरहरु
पुगिहाले बालुवाटार
मर्किँदै मर्किँदै नाँच्न

प्रधानमन्त्री केपी शर्मा ओलीका जस्तासुकै कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएको भन्दै आलोचना हुने गरेको छ। नेकपाभित्रको आन्तरिक शक्ति संघर्षमा मुछिने गरेकी र कतिपय अध्यादेशलाई तत्कालै जारी गरिदिएका कारण उनीप्रति प्रश्न उठेकै थियो। पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्कालै सदर गरिदिएपछि त आलोचनाको केन्द्रमै छिन्।

कवि निर्भिकजंग रायमाझीको कविताले शीतल निवासको त्यही स्वभावको चित्रण गर्छः

ढोके, बैठके र छाता ओढाउनेहरु छन्
स्वयंसेवक, अर्दली र वैद्यहरु छन्
एसी, पंखा र वातानुकूलन छन्
तैपनि शीतल निवास उष्ण छ !

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २२:१०
  • #कविता
  • ##बृहत_नागरिक_आन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्