काठमाडौं- नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आइटिएफ वल्र्ड टेनिस टुर-जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा मंगलबारको खेल जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरे। जारी प्रतियोगिताको सर्किट १ मा आरभ र अकीको जोडी उपविजेता बनेको थियो। सोही स्पर्धामा नेपालका प्रणव मानन्धर र चिराग तिमिल्सिना, निसान श्रेष्ठ र निहालजंगबहादुर थापा तथा सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडी पराजित भए।
महिला डबल्समा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले सफलता पाए। उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३-६, ६-३ (१०-६) को सेटमा हराए। त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट जर्मनीकी सोन्जा भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीसंग ६-४ र ६-३ ले चुके। त्यस्तै नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा इभा अधिकारी र श्रेया भट्टराईको जोडीले आ-आफ्नो खेल गुमाए।
सिंगल्सको पुरुषमा नेपालका सम्यकभूषण वज्राचार्य तथा महिलामा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आ-आफ्नो प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।