काठमाडौं- वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० किलोमिटर रोड रेस आउने चैत ७ हुने भएको छ।
रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४-५ सय खेलाडीको सहभागिता रहने जानकारी दिएका छन्। उनले एक हप्तापछि खेलाडी दर्ता प्रकृया सुरु हुने बताए।
पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। छैटौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको उपहार दिइने आयोजकले जनाएका छन्। १० किलोमिटर दुरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।
रुट्स फेसन प्रा.लि. (एडिडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ। रुट्सका राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रायोजन गरिएको बताए।
कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ। गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन्।
पत्रकार सम्मेलनमा संयोजक सन्जिव तुलाधरलेआगामी बैशाखमा कमिटीले राष्ट्रिय फेन्सिङ प्रतियोगिता पनि आयोजना गर्न लागेको अवगत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।