काठमाडौं- नेपालका अभिलाषा विष्टले आइटिएफ वल्र्ड टेनिस टुर-जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा विजयी सुरुवात गरेका छन्। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६-३ र ६-० को सोझो सेटमा पराजित गरिन्।
अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर स्वर्ण जितेकी थिइन्। पुरुष सिंगल्समा नेपालका निसान श्रेष्ठ, निहालजंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ-आफ्नो प्रतिद्वन्द्वीसंग पराजय भोगे। महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ-आफ्नो खेल गुमाए।
यु-१८ उमेरसमूहको प्रतियोगितामा समान ३२-३२ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन्। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।