• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘नेपाल-चीन ऊर्जा सहकार्य योजना’ नबन्दा रसुवागढी–केरुङ प्रसाइरणलाइनको सम्झौता नवीकरण अन्योलमा 

64x64
नेपाल लाइभ आइतबार, माघ २५, २०७७  १६:२७
1140x725

काठमाडौं- नेपालको विद्युत प्रणालीलाई चीनसँग जोड्ने लक्ष्य राखेर अगाडि बढाइएको रातामाटे–रसुवागढी–केरुङ प्रसाइरणलाइनको सम्झौता नवीकरण रोकिएको छ। चीनसँगको सहकार्यमा बन्ने विद्युतका सबै आयोजनाको एकमुष्ट खाका तयार पार्ने र सोही अनुरुप काम अगाडि बढाउने भनी दुई देशबीच भएको सहमति कार्यान्वनयनमा नआउँदा प्रारम्भिक चरणका अधिकांश काम सकिसकेको अन्तरदेशीय प्रसाइरणलाइनको सम्झौता नवीकरण हुन नसकेको हो। 

चिनियाँ राष्ट्रपति सी चीनफिङको २०१९ अक्टोबर मा भएको नेपाल भ्रमणका क्रममा ‘नेपाल–चीन ऊर्जा सहकार्य योजना’ (नेपाल–चाइना इनर्जी कोअपरेसन प्लान) बनाएर अघि बढ्ने द्विपक्षीय सहमति भएको थियो। उक्त सहमतिको बुँदा नम्बर ६ मा ऊर्जा सहकार्य योजना १ वर्षभित्र तयार पारिसक्ने उल्लेख छ। जसअनुरुप गत २०२० अक्टोबर सम्ममा यो काम सकिसक्नुपर्ने थियो। तर, कोभिड -१९ का कारण ऊर्जा सहकार्य योजनाको मस्यौदा तयार भइसकेपनि त्यसलाई कार्यान्वयन गर्नका लागि दुवै देशले अनुमोदन गर्ने काम भने रोकिएको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। 

‘इनर्जी कोअपरेसन प्लानको मस्यौदा तयार भइसकेको छ। तर, कोरोना महामारीलगायत विभिन्न कारणले बैठक बस्न पाएको छ। अवस्था सहज भएपछि बैठक बसेर मस्यौदा टुंग्याइन्छ,’ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले भने। 

नेपालमा विद्युत उत्पादन तथा प्रशारण क्षेत्रमा सम्भाव्यता बोकेका र प्राथमिकतामा परेका आयोजनाहरु पहिचान गरेर अघि बढाउन भन्दै इनर्जी कोअपरेसन प्लानको अवधारणा ल्याइएको थियो। जलविद्युत मात्र नभई हावाको माध्यमबाट निकालिने विद्युत र सोलार प्रोजेक्टलाई पनि संयुक्त कार्ययोजना भित्र समेट्ने लक्ष्य राखिएको छ। तर, कोअपरेसन प्लानको विषय समयमा नटुंगिदा त्यसको प्रत्यक्ष असर नेपाल-चीन अन्तरदेशीय प्रसाइरणलाइनमा देखिएको हो। 

रातामाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसाइरणलाइनको साझेदारी सम्झौता २०२० जुनमा सकिसकेको छ। नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रुप कर्पोरेसन अफ चाइना (एसजिसिसी) बीच २०१८ जुन २० मा आयोजना निर्माण सम्बन्धी साझेदारी सम्झौता (पिडिए) भएको थियो। २ वर्षका लागि गरिएको उक्त सम्झौता सकिएपछि थप २ वर्षका लागि सम्झौता नवीकरण गर्ने तयारी प्राधिकरणको छ। तर, एसजिजिसीले नेपाल–चाइना इनर्जी कोअपरेसन प्लानभित्रै प्रसाइरणलाइन पनि समेटिनुपर्ने विषय अहिले उठाइरहेको छ। 

Ncell 2
Ncell 2

रातामाटे–रसुवागढी–केरुङ प्रसाइरणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार थप २ वर्षका लागि साझेदारी सम्झौता गर्ने गरी दुई पक्षबीच सैद्धान्तिक सहमति भइसकेको छ। ‘सम्झौता अवधि २ वर्ष बढाउने भनेर एसजिसिसीसँग कुरा भइसकेको छ। भौतिक रुपमा उपस्थित भएर सम्झौतापत्रमा हस्ताक्षर हुन पाएको छैन,’ उनले भने। 

नेपाल र चीन जोड्ने पहिलो अन्तरदेशीय प्रसारणलाइनका रुपमा रहेको यो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा भएको चीन भ्रमण क्रममा भएको थियो। चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा नेपालले सहकार्य गर्ने भन्दै १२ मे २०१७ मा नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको थियो। उक्त एमओयूअनुसार गल्छी–रसुवागढी–केरुङ अन्तर्देशीय प्रसाइरणलाइन पनि बिआरआई परियोजना अन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर, बिआरआई अन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिँदै आएको छ।

९६ दशमलव ७९ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि अझै टुंगिन सकेको छैन। डिपिआर टुंगाउने जिम्मा पाएको एसजिसिसी र प्राधिकरणका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक समूह (जेटिजी) को बैठक लामो समयदेखि बस्न सकेको छैन। जेटिजीको पहिलो बैठक तीनवर्षअघि बेइजिङमा र दोस्रो बैठक अघिल्लो वर्ष काठमाडौंमा बसेको थियो। हरेक वर्ष बस्नुपर्ने यो बैठक यसवर्ष चीनमा गर्नुपर्ने भएपनि कोरोना भाइरस महामारीका कारण बस्न नसकेको आयोजना प्रमुख आत्रेय बताउँछन। त्यस्तै आयोजनाको अरु प्राविधिक कामहरु पनि भइरहेको उनको भनाइ छ। 

यो आयोजनाको नेपालतर्फको ‘लोड फ्लो’ अध्ययनको काम सकिएको छ भने जोइन्ट लोड फ्लो विश्लेषणको काम कोभिड-१९ महामारीका कारण पछिल्लो १ वर्षदेखि रोकिएको छ। प्रसाइरणलाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआए) को जिम्मा एनइए इन्जिनियरिङ कम्पनीले पाएको छ। एनइए इन्जिनियरिङले गत असारमा ठेक्का पाएकोमा १४ महिनाभित्र इआइए प्रतिवेदन बुझाईसक्नेछ। 

नेपालको विद्युत प्रणालीसँग जोड्ने गरी चीनले जिरोङ काउन्टीमा सबस्टेसन बनाइसकेको छ। जसकारण रातामाटे–रसुवागढी–केरुङ प्रशारणलाई चीनको विद्युत प्रणालीमा जोड्न सहज हुने देखिएको आयोजना प्रमुख आत्रेय बताउँछन।  ‘स्टेट ग्रिडले तिब्बत बेल्टमा उच्च भोल्टेज क्षमताको प्रसाइरणलाइन र सबस्टेसन बनाइसकेको छ। चीन आफैंले जिरोङ काउन्टीबाट अलि माउन्टेन हुँदै मानसरोवरतिर जानेगरी ५ सय केभी प्रसाइरणलाइन बनाइसकेका कारण हामीलाई सजिलो भएको छ,’ उनले भने, ‘७९ किलोमिटर प्रसाइरणलाइन बनाउँदा मात्रै चीनको प्रसाइरणलाइनसँग हाम्रो प्रसाइरणलाइन जोडिने देखियो।’

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध
कांग्रेसको विशेष महाधिवेशन आह्वान
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्