• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सैन्य प्रदर्शनले उब्जाएका प्रश्न

64x64
नेपाल लाइभ शनिबार, माघ २४, २०७७  १९:०७
1140x725

काठमाडौंको नारायणहिटी दरबार क्षेत्र कुनै बेला ‘निषेधित क्षेत्र’ थियो। दरबारको सामुन्ने मात्र होइन, वरपरसम्म पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न पाइन्नथ्यो। 
यो देशमा राष्ट्राध्यक्षका रुपमा राजा रहेको राजतन्त्रकालीन कुरा थियो। अहिले राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र चलायमान छ। राजाको त्यसबेलाको मुकाम, नारायणहिटी राजदरबार अहिले नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसकेको छ।

ऐतिहासिक महत्व भएपनि यसको परिचय पछिल्लो समय महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा छ। त्यसबेलाको दरबारभित्र के थियो भनेर हेर्न, जान्न चाहने जिज्ञासुहरुको प्रायः त्यहाँ घुईंचो लाग्छ। शुक्रबार भने नारायणहिटी दरबार क्षेत्र अर्कै कारणले चर्चामा आयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारपक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो शक्ति प्रदर्शन गर्ने स्थलका रुपमा नारायणहिटीकै सामुन्नेको प्रांगण रोजेपछि यसको चर्चा ह्वात्तै चुलियो। तर, यो चर्चाभित्र अधिकांश संशयको हिस्सा थियो। पार्टीभित्रको शक्तिसंघर्ष पन्छाउन प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली लगामविहीन शासन चलाउने तत्कालीन राजा ज्ञानेन्द्रकै ‘पथ’मा अग्रसर भएको टिप्पणी भइरहँदा ओलीको रोजाइमा नारायणहिटी प्रांगण परेको थियो। 

ओलीले यो बेला शक्ति प्रदर्शनका लागि नारायणहिटीकै प्रांगण किन रोजे भन्ने प्रष्ट छैन। कतिपयका बुझाईमा असीमित शक्तिअभ्यास गर्न अग्रसर प्रधानमन्त्री ओलीले जानीबुझीकनै दरबारको प्रांगणमा उभिएर त्यस्तै सन्देश दिन खोजेका हुन्। तर, यसबीचमा योभन्दा पनि संशयपूर्ण अर्को घटना देखापर्‍यो। त्यो हो– नेपाली सेनाले गरेको बख्तरबन्द गाडीको प्रदर्शन।

यो पनि पढ्नुहोस्

अत्तरियामा पनि सेनाका बख्तरबन्द गाडीबिहीबार, माघ २२, २०७७

राजधानीका सडकमा निस्केका सैन्य बख्तरबन्द गाडीले माघ १९ राति धेरैको मथिंगल हल्लाइदिए। मध्यरातमा काठमाडौंको चक्रपथमा कुदेका सैन्य बख्तरबन्द गाडी काठमाडौंमा मात्र सीमित भएनन्, देशभरका थप सातवटै पृतनाबाट पनि यसैगरी सडकमा निस्किए। पूर्व–पश्चिम राजमार्गमा कुदेका कतिपय यस्ता गाडी माघ २२ गते, बुधबारसम्म पनि सडकमै देखिएका थिए।

सेनाले बढाएको संशय
नेपाली सेनाले आफ्ना प्रवक्ताको आधिकारिक ट्वीटरमा माघ १८ गते लेखेको थियो– ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको। त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौं।’

सैनिक सेवाबाट निवृत्त भएका एक उपरथीले भने, 'तर, मध्यरातमा कुदाउने, राजमार्गमा घण्टौंसम्म कुदाउने काम चाहिँ मलाई पनि अनौठो लागेको छ।’

खासमा सेनाले सडकमा निकालेका गाडीहरु एपिसी (आम्र्ड पर्सनल क्यारियर) हुन्। कतिपयले सैन्य ट्यांक भने पनि ती ट्यांक होइनन्। हातहतियार र बन्दोबस्तीका सामानसहित सैनिक ओसार्न यिनको प्रयोग गरिन्छ। सानातिना हतियार ‘फायर’ हुँदा पनि यी एपिसीहरु बेरोकटोक अगाडि बढ्न सक्छन्। कतिपय द्वन्द्वग्रस्त देशमा नेपाली सेना खटिएका राष्ट्रसंघीय शान्ति मिसनहरु रद्द भएपछि सेनामा अहिले धेरै एपिसी जम्मा भएका छन्। केही सेनाको नियमित रङका छन् भने कतिपयलाई नयाँ नयाँ रङरोगन पनि गरेर चिटिक्क पारिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अनि माघ १९ देखि २२ गतेसम्म काठमाडौंको चक्रपथदेखि पूर्व–पश्चिम राजमार्गमा समेत गरिएको यसको प्रदर्शन के हो त?

नेपाली सेनाका निमित्त प्रवक्ता, महासेनानी पदम बुढाले यस्तो अभ्यास सेनाले सँधै गर्ने गरेको, यो नियमित प्रक्रिया नै भएको तर यसपालि चाहिँ ‘परिस्थितिजन्य कारणले अर्को अर्थ नलागोस्’ भनेर पहिले नै सूचना जारी गरिएको नेपाल लाइभलाई बताए। अनि २१ गते भनिएको अभ्यास २२ गते बेलुकासम्म पनि राजमार्गमा देखियो नि भन्ने प्रश्नमा महासेनानी बुढाले भने, ‘२१ गते काठमाडौं बाहिरका सातवटै पृतनाबाट अभ्यासमा निस्केको हो। फर्कने क्रममा केही ठाउँमा २२ गते पनि अभ्यास जस्तो देखियो। जस्तो कि, नेपालगञ्जबाट बुटवलसम्म पुगेका एपिसी फर्कंदा ढिलो भयो, तर त्यो २१ गतेकै अभ्यास हो।’

माओवादीको हिंसात्मक विद्रोहताका सेनाका बख्तरबन्द गाडीहरु सडकमा जताततै हुन्थे। तर, शान्तिप्रक्रियासँगै तिनका गतिविधि रोकिए। सेनाले प्रयोग गर्ने यस्ता एपिसीहरु धेरैजसो राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत विभिन्न मुलुकमा खटिने सैनिकहरुले प्रयोग गर्दै आएका छन्। तर, पछिल्लो समय त्यस्ता मिसन समेत धमाधम रद्द हुनथालेकाले सेनासँग रहेका एपिसीको संख्या बढेको छ। 

यो पनि पढ्नुहोस्

सेनाका बख्तरबन्द गाडी चक्रपथमासोमबार, माघ १९, २०७७

‘ती एपिसीलाई नियमित चलाइराख्नु हुन्छ, यो हतियार साँध लगाएर राखेजस्तै हो। म पृतनापति हुँदा प्रत्येक दुई दिनमा स्टार्ट गर्न लगाउथेँ, हप्ता वा १५ दिनमा एकपटक चाहिँ २५ किलोमिटरजति कुदाउन लगाउथेँ’, केही समय पहिले सैनिक सेवाबाट निवृत्त भएका एक उपरथीले भने, 'तर, मध्यरातमा कुदाउने, राजमार्गमा घण्टौंसम्म कुदाउने काम चाहिँ मलाई पनि अनौठो लागेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नियमित रुपमा चलाइरहनुपर्ने भएपनि तेल निकै खपत हुने हुँदा एपिसीहरु धेरै टाढा लिईंदैन। तर, सेनाले राजमार्गमा निकै लामो दूरी पार गर्ने गरी एपिसीहरुको लस्कर किन चलायो?

ती पूर्वउपरथीले प्रश्न उठाए झैं काठमाडौंको चक्रपथमा मध्यरातमै किन एपिसी कुदाइयो? जंगी अड्डाका अधिकृतहरु काठमाडौंको ट्राफिक व्यवस्थालाई ध्यानमा राखेर मध्यरातमा चलाइएको दाबी गर्छन्। ‘अन्य देशमा सेनाको आफ्नै एरिया ठूलो हुन्छ, सैनिक व्यारेक शहर वा बस्तीभन्दा धेरै टाढा हुन्छ र एपिसी कुदाउन मिल्ने ठाउँ त्यहीँभित्रै हुन्छ’, जंगी अड्डाका एक अधिकृतले भने, ‘काठमाडौंमा दिउँसो एपिसी सडकमा निकाल्ने अवस्था हुन्न, त्यही भएर मध्यरातमा निकालिएको हो।’

‘सरकारविरुद्ध आन्दोलन उठेको छ, सडकमा प्रदर्शनहरु हुन थालेका छन्, यो बेला सरकारको पक्षमा सैन्य शक्ति देखाएर तर्साउन खोजेको जस्तो देखिन्छ’, अवकाशप्राप्त एक उच्च सैनिक अधिकृतले भने, ‘जेसुकै भए पनि सेनाबाट यो राम्रो अभ्यास भएन।’ 

तर, ती पूर्वउपरथी जंगी अड्डाको यो भनाइमा सहमत छैनन्। ‘ट्राफिक व्यवस्थापनकै कुरा हो भने दक्षिणकालीतिर गएर अभ्यास गरेको भए पनि त हुन्थ्यो, चक्रपथमै किन गर्नुपथ्र्यो र? आखिर एपिसी गुडाउन पिच बाटो नै चाहिने होइन।’ 

सेनाले चाहे काठमाडौंमा होस् या काठमाडौं बाहिर, धेरैजसो एपिसीको लस्कर कुदाएको थियो। एपिसीहरु खिया नलागून् र आवश्यक परेका बेला चलाउन सकियोस् भन्ने मात्र उद्देश्य हो भने छुट्टाछुट्टै पनि तिनलाई चलाउन सकिन्थ्यो। तर, सबै एपिसीलाई लस्कर बनाएर सडकमा किन निकालियो? 
प्रश्न यति मात्र छैनन्। सेनाको व्यवहारले अरु कैयन् प्रश्न उब्जाएको छ। 

एक उच्च सैनिक अधिकृतले यसअघि एपिसीको यस्तो अभ्यास ब्यारेकभित्रै हुने गरेको अनुभव सुनाए। काठमाडौंमा सितापाइलास्थित ब्यारेक यसका लागि प्रयोग गरिन्थ्यो। ‘एपिसी राख्ने पनि सितापाइलास्थित ब्यारेकमै हो, त्यहाँ एपिसी कुदाउने ठाउँ पनि छ’, ती सैनिक अधिकृतले भने, ‘यसपालि त्यहीँ नै चलाउन नसकिने के कारण पर्‍यो? अनि यिनलाई १८० कै स्पीडमा कुदाउनैपर्ने कुनै बाध्यता थियो र?’

सेनाले औपचारिक रुपमै भनेको छ– यो नियमित अभ्यास हो। एपिसीलाई हप्ता वा १५ दिनमा एकपल्ट चलाउने गरिएको सैनिक अधिकृतहरु नै बताउँछन्। त्यसो हो भने तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा ‘सैन्य कू’ गरेको माघ १९ कै मिति यसका लागि किन छनोट गरियो, त्यो पनि तामझामसहित?

मनोवैज्ञानिक सन्देश !
जंगी अड्डाका एक सैनिक अधिकृत आइपर्ने परिस्थितिका लागि ‘हामी क्यापेबल छौं’ भन्ने देखाउनु पनि यो प्रदर्शनको उद्देश्य भएको बताउँछन्। तर, यसको उद्देश्य योभन्दा गहिरो देखिन्छ। ‘सरकारविरुद्ध आन्दोलन उठेको छ, सडकमा प्रदर्शनहरु हुन थालेका छन्, यो बेला सरकारको पक्षमा सैन्य शक्ति देखाएर तर्साउन खोजेको जस्तो देखिन्छ’, अवकाशप्राप्त एक उच्च सैनिक अधिकृतले भने, ‘जेसुकै भए पनि सेनाबाट यो राम्रो अभ्यास भएन।’ 

ती अधिकृतका अनुसार यो नियमित अभ्यास नै भए पनि यसपछाडिका धेरै कुरा संशयपूर्ण देखिएका छन्। 

सैन्य मामिलाका जानकार एवं विघटित प्रतिनिधि सभाका सदस्य दिपकप्रकाश भट्ट सेनाले यो प्रदर्शनमार्फत ‘मनोवैज्ञानिक इम्प्रेसन’ दिएको बताउँछन्। ‘सत्तासीन पार्टीभित्रको किचलोले गर्दा असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले असीमित शक्ति अभ्यास गर्ने रुचि देखाइरहेका र त्यसविरुद्ध सबै राजनीतिक शक्तिहरु सक्रिय भएका बेला सेनाले मनोवैज्ञानिक इम्प्रेसन दिइरहेको छ’, नेपाली सेनाबारे विद्यावारिधि गरेका भट्टले नेपाल लाइभसँग भने, ‘यसको सांकेतिक अर्थ छ। सेनाले एपिसीका नट बोल्ट ठिक छ भन्ने कुरा चेक गर्नलाई भने पनि यो त्यतिका लागि होइन। सिभिल–मिलिटरी रिलेसनबारे सेनाले धेरै कुरा नबोल्ने गरेकाले यसलाई राजनीतिक नेतृत्वले ध्यान दिन जरुरी छ।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १९:०७
  • #सेना
  • #बख्तरबन्द
  • #आशंका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्