काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) आफ्नो सरकारले इतिहासकै बढी प्रगति गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अर्को ’कास्टिङ’ देखाउँने चेतावनी ।
२) आफूहरू स्वेतपत्रको तयारीमा रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ, अहिलेको विषय इतिहासमा समावेश गराउनुपर्ने तर्क, प्रधानमन्त्री ओलीको एक÷एक हिसाबकिताब इतिहासले लिने नेता नेपालको दाबी ।
३) अख्तियारसहित सवैधानिक निकायको नियुक्ती विवाद सर्वाेच्च अदालतले सोध्यो कारण , १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी ।
४) प्रजातन्त्रवादी नेतृ सुकीलाई तत्काल रिहा गर्न चीन र रूससहित सुरक्षा परिषदका सबै सदस्यको म्यानमार सेनालाई आग्रह, नागरिक समाज, पत्रकार र मिडियाकर्मीमाथि लगाइएका प्रतिबन्धबारे पनि चिन्ता व्यक्त ।
५) र, आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि खेलाडी छनौट, प्रारम्भिक चरणमा ३२ खेलाडी छानिए, २१ खेलाडी माघ २४ बाट सुरु बन्द प्रशिक्षणमा सहभागी हुने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।