काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता धमेन्द्र बाँस्तोला (कन्चन) माथि कमलपोखरीमा राखिएको बम घटनाबारे अनुसन्धान सुरु गरिएको छ।
बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार बाँस्तोलालाई छाड्न आदेश दिएसँगै उनी पुनः पक्राउ परेका थिए। उनी कमलपोखरीमा राखिएको बम घटनामा समेत संलग्न भएको आरोप लागेको थियो।
सोही घटनाको अनुसन्धानका लागि पुन: पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै सवोच्च अदालतका रजिष्ट्रा र नेपाल बार एशोसिएसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको थियो।
बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित् एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।