बेल्जियम- बेल्जियमकाे एक अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा र्यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा इरानी कूटनीतिज्ञलाई २० वर्षको जेलसजाय हुने फैसला सुनाएको छ।
भिएनामा रहेका बेला कूटनीतिज्ञ असादोल्लाह असादीले इरानी सत्तालाई सघाएको अदालतले ठहर गरेको हाे।
प्रहरीका अनुसार बेल्जियमको एक दम्पतीलाई असादीले विस्फोटक पदार्थ भएको एउटा प्याकेट दिएका थिए। तर विस्फोटको योजना विफल तुल्याइएको थियो।
अभियोजनकर्ताहरूका अनुसार त्यसो नगरिएको भए ठूलाे रक्तपात हुनसक्ने थियाे ।
राजदूतहरू, पश्चिमा राजनीतिज्ञहरू तथा डोनल्ड ट्रम्पका वकिल रुडी जुलिआनी लगायतले त्यो र्यालीमा सहभागिता जनाएका थिए।
तेहरानमा सन् १९७९ मा भएको क्रान्तियता कुनै पनि युरोपेली सरकारले इरानी अधिकारीमाथि आतङ्कवादी आक्रमणको आरोपमा मुद्दा चलाएको यो नै पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।