न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन्।
उनले चुनावलाई उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने समय आएकाे टिप्पणी गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मनरकाे पछिल्लाे अवस्थाबारे बाेलाएको छलफलपछि उनले यस्ताे टिप्पणी गरेका हुन्। कूको निन्दा हुने कुनैपनि शब्द चीनले नमानेपछि विज्ञप्ती भने जारी हुन सकेन।
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो।।उनलाई विभिन्न मुद्दा लगाएर थुनामा राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।