काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षद्वारा भोलि देशव्यापी आमहड्ताल आह्वान, आमहड्तालमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था सबै बन्द रहने, परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने ।
२) विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले राष्ट्रपति भवन शितलनिवासमा लिए सपथ, सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सपकोटा अनुपश्थित ।
३) नेपाल ट्रष्टको सम्पत्ति पुनः भाडामा लगाउन स्टान्डर्ड लिजिङ कार्यविधी बनाइने, केही समयअघि मात्रै देशकै धनी संस्थाको सम्पत्तिको प्रयोगमा विवाद भएकाले संरचना सुधार गर्न लागिएको जानकारी ।
४) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय, पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आवाज दबाउन जेल सजायको दिइएको नभाल्नीको प्रतिक्रिया ।
५) र, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध विराटनगर महानगरपालिकाको रोमाञ्चक जित, जितसँगै विराटनगर लिगको तेस्रो स्थानमा उक्लियो, अर्को खेलमा चौदण्डीगढीविरुद्ध आर्मीको दर्जन गोल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।