मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद हुने फैसला सुनाएका छन्। केही समयअघि रुस लगिएका उनीमाथी भएकाे निर्णयकाे विश्वभरबाट आलाेचना भएकाे छ।
न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको प्रतिक्रिया दिए।
नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि उनलाई पक्राउ गरेर जेलमा हालिएको थियो।
उनलाई जेलमा राखिएयता रुसभर विभिन्न सहरमा दशौं हजार मानिसहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।