• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बृहत नागरिक आन्दोलनमा ऐतिहासिक उत्पीडनमाथि आक्रोश

64x64
किशोर दहाल मंगलबार, माघ २०, २०७७  २३:१८
1140x725

काठमाडौं- गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक छेउबाट बृहत नागरिक आन्दोलनले ऐतिहासिक उत्पीडनप्रति आक्रोश व्यक्त गरेको छ। मंगलबार श्रेष्ठ र चन्दलाई गोली हानिएको स्थान शोभाभगवतीमा आयोजित विरोध कार्यक्रममा कविता, गीत र सम्बोधन मार्फत भाषा, लिंग, क्षेत्र लगायतप्रति राज्यले इतिहासदेखि गरेको उत्पीडन र शोषणको सम्झना गरिएको हो।

पत्रकार तथा बृहत नागरिक आन्दोलनका एकजना अगुवा नारायण वाग्लेले सिंहदरबार बनाउँदा तत्कालीन शासकले गरेको शोषणको चर्चा गरे। ‘हिजो सिंहदरबार कसले बनायो, त्यो माटो केले बनेको थियो? नेपाली जनताको चामल र मास घरघरबाट खोसेर ल्याएर बनाइएको थियो। र, ६ महिनासम्म पहाडमा अनिकाल पर्‍यो। भक्तपुर र काठमाडौंमा पनि अनिकाल पर्‍यो। हाम्रा बालबच्चाहरु कुपोषणका शिकार भए’, उनले भने।

उनले शासकहरुले कुन गलत रवैयाहरु लिए, कुन गलत काम गरे, कुन गतल नीति लिए भनेर एकएक हिसाब माग्नको लागि अब आफूहरुले फागुन ७ गते टुँडिखेलामा भेला हुनुपरेको र ७० वर्ष देखिको एकएक हिसाब माग्नुपर्ने अवस्था आएको बताए। उनले टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने, नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्ने र नयाँ आन्दोलनको उभार निम्त्याउने बताए।

कार्यक्रममा सुजन आङ्दम्बे, अरुणदेव जोशी, उर्मिला गम्बा थारु, दुर्गालाल श्रेष्ठले क्रमशः याक्थुङ (लिम्बू), डोटेली, थारु र नेपाल भाषामा आफ्नो गीत कविता प्रस्तुत गरेका थिए। त्यसक्रममा उनीहरुले आफ्नो भाषा, भूगोल, संस्कृतिमाथि भएको विभेदको पनि स्मरण गरेका थिए।

‘म डोटेली भाषामा पनि सिनेमा बनाउन खोज्दैछु। मैले चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गराउँदा डोटेली भनेर दर्ता गराउन पाइनँ। नेपाली भाषा भनेर गर्नुपर्‍यो भन्नुभयो। तर मैले नेपालीसँगै कोष्ठकमा डोटेली भनेर लेखेर दर्ता गराएँ’, उनले डोटेली भाषाको स्वतन्त्र मान्यतामा भएको अस्वीकार्यताप्रति असन्तुष्टि जनाए।

उनले १९९७ सालमा सहिद भएका चारमध्ये तीन जना सहिद काठमाडौं वरपरका भएका तर दशरथ चन्द भने सुदूरपश्चिको बैतडी जिल्लाका भएको स्मरण गराए। ‘त्यसबेलादेखि राजनीतिमा आफूलाई अब्बल बनाएका सुदूरपश्चिमेली जनता अहिलेसम्म आफ्नो आवाज केन्द्रलाई सुनाउन सकिरहेका छैनन्। भाषा संस्कृति सामाजिक इतिहास मौलिक ज्ञानको क्षेत्रमा अधिकांश नेपालचाहिँ अनभिज्ञ नै छ’, उनको भनाइ थियो।

अभियन्ता सन्तोष परियारले यहाँको सत्ता मात्रै नभई, इतिहास, भाषा र संस्कृति पनि प्रतिगमनकारी भएको बताए। उनले इतिहास जसले लेखिदियो, त्यही मात्रै पढ्नुपर्ने बाध्यता नभएको बताए। बरु इतिहासलाई नै पुनर्परिभाषित र पुनर्दृष्टि गर्नुपर्ने उनको भनाइ थियो।

‘यो देशको नागरिक को हो? यो देशको अनागरिक को हो? नागरिक कसरी बन्छ, अनागरिक कसरी बनाइन्छ। त्यो तपाईं हामी सामु छर्लंग छ’, परियारको आक्रोश थियो, ‘एउटा दलित भएर बाँचिरहँदाखेरी, बोलिरहँदाखेरी मलाई लाग्छ, मसँग पूर्ण नागरिकको हैसियत पनि छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले बृहत नागरिक आन्दोलन पुस ५ मा भएको असंवैधानिक कदमको विरुद्ध मात्रै नभई इतिहासमा भएका तमाम प्रतिगमन विरुद्धको प्रतिरोध भएको र जारी रहने बताए। 

अध्येता कैलाश राईले दुर्गम क्षेत्रमा विकासले पनि उत्पीडित समुदायलाई नै विस्थापन गर्दै लगेको बताइन्।  ‘विकास भनेर हामी लागिपरेका छौं। तर त्यसले विनाश नै निम्त्याइरहेको छ। दुर्गम क्षेत्रमा बाटो बनाउने कुरा गरौं। त्यसको विनाशले उत्पीडनमा रहेका समुदाय, जसको भूमि थोरै छ वा भूमिविहीन छ। उनीहरुलाई नै विस्थापन गर्दै लगिराखेको छ’, उनले भनिन्।

राममाया च्यामिनीको सम्झना
कार्यक्रममा पटकपटक चर्चा गरिएकी एक पात्र थिइन्, राममाया च्यामिनी। जो राणाले पक्राउ गरेका गंगालाल, दशरथ चन्द लगायतको सूचना सूत्र बनेकी थिइन्। लेखक राजेन्द्र महर्जनका अनुसार, नागरिक अधिकार समितिका जजसले आन्दोलन गरेका थिए। उनीहरुलाई सिंहदरबारभित्र आफ्नो तर्फबाट गोप्य सूचना आदानप्रदान गर्ने र परिवारका सदस्यलाई सूचना दिने कामहरुमा च्यामिनीको भूमिका रह्यो। ‘उनी सरसफाइ कर्मचारीको रुपमा काम गर्थिन्। साह्रै निम्न तहको कर्मचारीको रुपमा सिंहदरबारमा काम गर्थिन्। उनले गरेको गोप्य प्रतिरोध कम थिएन’, उनले भने।

परियारले पनि गंगालाल र दशरथको सुखदुःखमा च्यामिनीले साथ दिएको बताए। ‘उनले कुचो र बोरामा राणाहरुको तानाशाही व्यवस्था पनि बढारेकी थिइन्’, उनको भनाइ थियो।

त्यस्तै, कवि दुर्गालाल श्रेष्ठले पनि दशरथ चन्द र च्यामिनीको संवादलाई कवितामा ढालेर प्रस्तुत गरेका थिए। कार्यक्रममा श्रेष्ठ उपस्थित नभए पनि उनले वाचन गरेको कविता सुनाइएको थियो।

1140x725

‘एकथोपा नै सही, तिम्रो आँशुले मेरो सहादतलाई फुलाउँछ। तिम्रो मायाले क्रान्तिको बाटोमा मुक्ति सुवास फैलाउँछ’, नेपाल भाषामा लिखित श्रेष्ठको कवितामा दशरथले राममायालाई गरेको सम्बोधनको एक अंश महर्जनले वाचन गरेका थिए।

दशरथ-गंगलालको गोली खाने इच्छा
विरोध प्रदर्शनमा शिल्पी थियटरको टोलीले ‘जनता जागेपछि’ नामक नाट्य प्रस्तुति गरेको थियो। जहाँ गंगालाल र दशरथलाई गोली हानी मार्नुअघिका केही महत्त्वपूर्ण संवाद र समयलाई नाटकमा अभिव्यक्त गरिएको थियो।

‘झुन्डिएर होइन। गोली थापेर मर्नुपर्छ बुझिस्’, दशरथ आफ्नो हुँकार प्रस्तुत गर्छन्। गंगालाल समर्थन जनाउँछन्- हजुरको कुरालाई म सम्मान गर्छु। त्यसै गरौं।

कर्णेल नर शमशेरलाई चन्दले उही हुँकार प्रस्तुत गर्छन्- तिम्रो महाराजलाई सुनाइदिनु, हामी झुन्डिएर होइन। वीरझैं गोली खाएर मर्न चाहन्छौं।

अन्ततः नर शमशेरले महाराजले इच्छा पूरा गरिदिएको बताउँछन्। अनि उनले गंगालाललाई अन्तिम इच्छा सोध्छन्। उनले स्नान गरेर मन्त्र जप गर्ने भएको बताउँछन्। त्यसपछि, दशरथलाई सोही जिज्ञासा राख्छन्। उनी थोरैबेर हाँस्छन् र दृढताका साथ जवाफ दिन्छन्- के तिम्रो महाराजले मेरो अन्तिम पूरा गर्न सक्छ? सक्छ भने, म राणा शासन अन्त्य भएको हेर्न चाहन्छु।

चन्द र श्रेष्ठलाई गोली हानिएसँगै नाटक सकियो, १०४ वर्ष चलेको कुशासनको अन्त्यको संघर्ष सम्झाएर, अन्य जुनसुकै कुशासनको पनि अन्त्य सुनिश्चित छ भन्ने सन्देश दिएर।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्