काठमाडौं- आरभसम्राट हाडा र अकी जुवेन रावतले विश्व टेनिस टुर-जे ५ को पहिलो सर्किटअन्तर्गत पुरुष डबल्समा जित निकालेका छन्। मंगलबार सातदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७-५ र ६-२ को सोझो सेटमा पराजित गरे।
महिला डबल्समा सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडीले साइना देशपान्डे र भूमिका त्रिपाठीको जोडीलाई ६-३ र ६-४ को सिधा सेटमा हराए।
पुरुष सिंगल्समा नेपालका सम्यकभूषण बज्राचार्य, श्रीयोग अधिकारी र प्रणव मानन्धर पराजित भए। सोही स्पर्धाको महिलामा नेपालका प्रकृति श्रेष्ठ, अभिलाषा विष्ट र रायना शाहले पराजय व्यहोरे।
पुरुष डबल्समा नेपालका इभ्येक जोशी र प्रितम परियार, सम्यक र आर्यन गिरी, श्रीयोग र निश्चल कायस्थ तथा प्रणव र चिराग तिमिल्सिनाको जोडीले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे। उक्त स्पर्धाको महिलामा नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा रायना र प्रकृति श्रेष्ठको जोडी आ-आफ्नो खेलमा चुके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।