काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलाडीले राखेको प्रश्नमा उल्टै प्रतिप्रश्न गरेका छन्। खेलकुद क्षेत्रमा सम्वद्धहरूसँगको अन्तक्रियामा प्रधानमन्त्रीले प्रतिप्रश्न गरेका हुन्।
१३औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेतालाई मान पदवी दिने भनिएपनि नपाएपछि प्रधानमन्त्रीलाई प्रश्न राखिएको थियो। प्रश्न पढेपछि प्रधानमन्त्रीले सहभागीलाई प्रश्न गरे,‘कसैले पनि मान पदवी पाएनन्?’
हलबाट पहिलो प्रश्नमा जवाफ नआएपछि दोहोर्याएर फेरि सोधें, ‘कसैले पनि पाएन?’
प्रधानमन्त्रीको प्रश्नमा हलबाट उत्तर आयो, ‘केही केहीले पाए, केहीले पाएनन्।’ प्रधानमन्त्रीले आश्वस्त पार्ने प्रयास गर्दै भविष्यमा यस्ता विषयमा ध्यान दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।