काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन दिएका छन्। कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले जानकारी दिए।
मंगलबार खेल क्षेत्र व्यक्तिसँग भएको कार्यक्रममा उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’
नियमित बजेट दिनुपर्ने क्षेत्रमा बजेट नघट्ने उनले प्रतिबद्धता जनाए। परिस्थितिवश कहिलेकाहीँ घट्न सक्ने उनले बताए।
‘कतिपय स्थानमा एकपटक बजेट छुट्याएपछि फेरि दिनुपर्दैन। जस्तो कि, स्टडेयिम बनेपछि फेरि दिनुपर्दैन। सरकारको गच्छे अनुसार बिना कन्जुस्याइँ बजेट छुट्टिन्छ’, प्रधानमन्त्री ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।