वासिंटन- अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न समेत भनेका छन्। त्यसो नभए अमेरिकाले 'उचित कदम' चाल्ने उनकाे टिपप्णी छ।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सुकीको गिरफ्तारीलाई 'भयभीत पार्ने' भनी व्याख्या गरेका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलबार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।
युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।